PahiloPost

Oct 18, 2025 | २ कात्तिक २०८२

आज चक्काजाम गर्नेसँग यातायात विभागको वार्ता, भोलि फेरि बस्ने सहमति



रासस

काठमाडौँ : यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ता पुनःशुक्रबार बस्ने गरी टुङ्गिएको छ।
     
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गरेकामा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेपछि बेलुका बसेको द्विपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गियो।
     
“यातायात व्यवसायीले राखेका नौबुँदे मागमध्ये केही मागका बारेमा आज छलफल गरियो, अब यसको टुङ्गो भोलि(शुक्रबार) बिहान १० बजे बस्ने बैठकले लगाउनेछ”– यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले भने। 
 
यातायात व्यवसायीले ट्राफिक प्रहरीले जरिवाना शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुने गरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुर्‍याएको भन्दै चोक चोकमा सवारी साधन थन्क्याएर आज चक्काजाम गरेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell