PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मनिषाको शव टिचिङ अस्पतालमा, केही बेरमा पोस्टमार्टम गरिँदै



पहिलोपोस्ट

मनिषाको शव टिचिङ अस्पतालमा, केही बेरमा पोस्टमार्टम गरिँदै

काठमाडौं : बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषा घर्तीको शवको पोस्टमार्टम केही बेरमै हुने प्रहरीले जनाएको छ। उनको शवलाई गएराति काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ।
 
बर्दघाट नगरपालिका-८ नवलपरासी घर भएकी १७ वर्षकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी हुन्।

‘अबको केही बेरमै पोस्टमार्टम सुरु हुनेछ,’ नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट आएका सइ प्रकाश खनालले भने, ‘अहिले चिकित्सकहरुको बैठक बसिरहेको छ। १० बजेपछि पोस्टमार्टमको काम सुरु हुन्छ।’
 
मनिषाको हत्या गरिएको आशंकामा यसअघि नै प्रहरीले २२ वर्षीय आशिष भनिने रुद्रप्राद चौधरीलाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। करिब ४ वर्षदेखि मनिषासँग प्रेम सम्बन्धमा रहेका चौधरीले सामान्य विवाद भएको र विवादपछि आत्महत्या गरेको बयान दिएका छन्। तर घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्याजस्तो देखिएकाले थप अनुसन्धान भइरहेको नवलपरासीका एसपी राजेन्द्र चौधरीले बताए।

बहिनीको दु:खद खबर पाएपछि विमल आज नेपाल आउँदैछन्। माल्दिभ्ससँगको पछिल्लो खेलमा घाइते भएका उनी घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका थिए। त्यहाँ उनले युरोपेली क्लबसँग आवद्ध हुने तयारी पनि गरेका थिए। 

१३ वर्षको उमेरदेखि नै एन्फा एकेडेमी (बुटवल) बाट खेल्न थालेका विमलको घरमा आमा र बहिनीमात्रै थिइन्। प्रहरीमा काम गर्ने उनका बुबाको दुर्घटनामा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell