PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

फेरि सिंहदरबार गेट रङ्ग्याउन जाँदा इशान पक्राउ



पहिलोपोस्ट

फेरि सिंहदरबार गेट रङ्ग्याउन जाँदा इशान पक्राउ

काठमाडौं : सिंहदरबारको पश्चिमी गेटको भित्तामा रातो रङ छ्यापेपछि पक्राउ परेका इशान अधिकारी रिहा भएको चौबीस घण्टा बित्न नपाउँदै पुन: पक्राउ परेका छन्।
 
इशानलाई प्रहरीले पुन: सिंहदरबारको भित्ता रङ्गाउन लाग्दा पक्रेको हो। प्रहरीले अहिले इशानलाई सिहदरबार प्रहरी बृत्तको कारागारमा राखेको छ।

प्रहरीले माफी मागेर हिजो मात्र रिहा भएको बताए पनि उनले भने माफी नमागेको दावी गरेका थिए। उनले फेरि 'त्यही हर्कत दोहोर्‍याएकाले पक्राउ गरिएको' महानगरीय प्रहरी परिषद् काठमाडौंका प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताए।

थापाले अब उनलाई सार्वजनिक मुद्दा चलाएर कडा कारबाही गर्ने बताए। प्रहरीले बिहीबार पनि अन्य चार जनालाई भित्ता रङ्गाउँदै गर्दा पक्रेको थियो। 

भित्ता रङ्ग्याउँदा इशान पक्राउ परेको यो चौथो पटक हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell