PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

शनिबार दिउँसो ४.६ रेक्टरको भूकम्पको केन्द्र सिन्धुपाल्चोक



पहिलोपोस्ट

शनिबार दिउँसो ४.६ रेक्टरको भूकम्पको केन्द्र सिन्धुपाल्चोक

काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शनिबार दिउँसो भूकम्प गएको छ। 

शनिबार दिउँसो ३ बजेर २४ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो गत वर्षको गोरखा भूकम्पकै परकम्प हो।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। यो भूकम्प डेढ महिनायताकै सबैभन्दा ठूलो हो। यसअघि अप्रिल महिनाको ४ तारेखमा दोलखा केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प गएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell