PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​नेपाल विद्युत प्राधिकरणलाई तीन टुक्रा



पहिलोपोस्ट

काठमाडौं : आर्थिक वर्ष २०७३/७४ देखि नेपाल विद्युत प्राधिकरण विधिवत रुपमा तीन वटा निकायमा विभाजित हुने भएको छ। उत्पादन, वितरण र ट्रान्समिसन गरी प्राधिकरणलाई तीन वटा निकायमा विभाजन गर्न लागिएको हो।
 
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा साउन देखि नै तीन फरक निकायबाट विद्युतको काम हुने घोषणा गरेका हुन्। ट्रान्समिसनसम्बन्धी निकाय यस अघि नै दर्ता भइसकेको छ।
 
दातृ निकायहरुले प्राधिकरणले हालको संरचनाबाट गरेको काममा असन्तुष्टि जनाएपछि दुई वर्ष अघिको बजेटमा संरचनागत सुधार गर्ने उल्लेख गरिएको थियो। त्यही बेला प्राधिकरणलाई तीन वटा निकायमा विभाजित गर्ने उल्लेख गरिएको थियो। यसलाई अनबण्डलिङ भनिएको थियो।
 
अर्थमन्त्रीले साउनदेखि तीन निकायमा विभाजित हुने घोषणा गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell