PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सामूहिक जमानीमा भूकम्प पीडितलाई तीन लाख



पहिलोपोस्ट

काठमाडौं : पुनर्निर्माणको लागि १४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी अर्थमन्त्रीले जानकारी दिएका छन्। आगामी आर्थिक वर्षको बजेटमा यो पैसा विनियोजन गरिएको हो। पाँच वर्ष पुनर्स्थापन तथा पुनर्निर्माणको काम सक्ने जानकारी दिइएको हो।
 
त्यसैगरी सरकारले भूकम्प पीडितलाई सामूहिक जमानीमा थप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। यसअघि घोषणा गरिएको दुई लाख रुपैयाँमा थप तीन तीन लाख दिन लागिएको हो। यो पैसा घर निर्माणका लागि हो।
 
सरकारले दिने दुई लाख अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंसिरमै स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेका छन्। संसदमा बजेट प्रस्तुत गर्दै उनले २०७३ मंसिरमै स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख गरेका हुन्।
 
स्थानीय निकाय निर्वाचनका लागि बजेटको व्यवस्था गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell