
काठमाडौं : शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक गरे। बजेट सार्वजनिक गरिरहँदा 'कन्फिडियन्ट' देखिएका पौडेल धेरै अल्मलिएनन्। उनको हाउभाउलाई अनुगमन गर्दा बजेट भाषणभरि उनी यस्ता देखिएका थिए -
१. अर्थमन्त्री विष्णु पौडेलले यसअघि बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीहरु भन्दा तीब्र गतिमा बजेट भाषण गरे। उनले २ घण्टा १० मिनेटमा बजेट भाषण पूरै पढिसकेका थिए। ४ बजेर ४ मिनेटमा सुरु भएको भाषण ६ बजेर १४ मिनेटमा सकिएको थियो।
२. छिटो गतिमा बजेट भाषण गरेक मन्त्री पौडेलले बजेट भाषणको अवधिभर ९ पटक पानी पिए। लगातार बोलिरहँदा घाँटी सुक्ने भएकाले उनले पटकपटक पानी पिएका थिए।
३. अग्लो कद, हसिलो चेहरमा बजेट भाषण गरेका अर्थमन्त्री विष्णु पौडेलले कोटको खल्तीमा रहेको रुमाल निकालेर ३ पटक मुख पुछेका थिए।
४. अर्थमन्त्री मन्त्री पौडेलले बजेट सार्वजनिक गरिरहदा गलत शव्द उच्चारण गर्दा दुई पटक रोकिए र हाँसेका थिए।