
काठमाडौं : सरकारले आज घोषणा गरेको बजेट भाषणमा यसैवर्ष देखि राष्ट्रिय सुरक्षा नीति लागू गर्ने घोषण गरेको छ।
नेपाली सेनालाई स्रोत र साधन सम्पन्न गराउने र बङ्करमा रहेका सेनालाई व्यारेकमा ल्याउने बजेटमा भनिएको छ। देशमा शान्ति सुरक्षा कायम गर्ने मुख्य सहरहरुमा सीसी टिभी क्यामेरा जडान गर्ने पनि अर्थमन्त्री बिष्णु पौडेलले बजेट मार्फत् घोषणा गरे। नुवाकोट र बाँके जिल्लामा कैदी राख्ने व्यवस्थित कारागार समेत निर्माण गर्ने घोषण गरिएको छ।