PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सिंहदरबारभित्र नयाँ डेटा सेन्टर सञ्चालन गरिने



पहिलोपोस्ट

सिंहदरबारभित्र नयाँ डेटा सेन्टर सञ्चालन गरिने

काठमाडौं : सरकारले सिंहदरबारभित्र सरकारी डेटा सुरक्षित राख्नका लागि उच्च प्रविधियुक्त नयाँ डेटा सेन्टर खोल्ने भएको छ। सरकारी तथ्यांकलाई एकीकृत रुपमा सुरक्षित राख्नका लागि सरकारले नयाँ डेटा सेन्टर सञ्चालन गर्न लागेको हो। डेटा सर्भर स्थापनाका लागि अर्थमन्त्रीले बजेट छुट्याएका छन्।

त्यस्तै अर्थमन्त्रीले अहिले भएको राष्ट्रिय सुचना केन्द्रको पनि स्तरोन्नति गरी सेवालाई अझ चुस्त र प्रभावकारी बनाउने घोषणा गरेका छन्।
 

अहिले कस्तो छ डेटा व्यवस्थापन

सरकारका डेटा सुरक्षित राख्न सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ, जहाँ नेपाल सरकारका प्रत्येक डेटा भण्डारण, वितरण र संयोजन भइरहेको हुन्छ। यो सूचना प्रविधि केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो।

सरकारीस्तरमा सिंहदरबारबाट यो सेवा उपलब्ध भइरहेको हुन्छ भने निजीस्तरमा विभिन्न संस्थाले आफ्नै सर्भर राखेर सेवा उपलव्ध गराइरहेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, नबिल बैंकलगायतका ठुला बैंकले आ आफ्नै सर्भरहरु राखेका छन भने बाँकी रहेका बैकहरुले डेटा सुरक्षित राख्नका लागि अरु निजी तथा विदेशी कम्पनीसँग आफ्नो सहयोग लिइरहेका छन्।

विश्वमा माइक्रोसफ्ट र अमेजनलाई सबैभन्दा विश्वासिलो र भरपर्दो डेटा स्टोरेज भएको कम्पनीका रुपमा लिइन्छ। यिनीहरुले क्लाउड बेस्ड माध्ययमबाट विश्वभर रहेको आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेका छन्। नेपालमा पनि यिनीहरुका धेरै ग्राहक रहेका छन्।
 

हेटौंडामा अर्को सूचना प्रविधि केन्द्र बन्दै

सरकारले हेटौंडामा पनि सूचना केन्द्र स्थापनाको तयारी गरेको छ। सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्दा ठूलो सूचना केन्द्र सञ्चालमा ल्याउने तयारी भइरहेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell