PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

​प्रधानमन्त्रीको निर्वाचन क्षेत्रलाई अर्थमन्त्रीको माया!



पहिलोपोस्ट

​प्रधानमन्त्रीको निर्वाचन क्षेत्रलाई अर्थमन्त्रीको माया!

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र र जिल्लालाई विशेष प्राथमिकतामा राखेका छन्। आज सार्वजनिक भएको बजेट अनुसार प्रधानमन्त्रीको गृह जिल्ला झापा प्रोजेक्टहरुका लागि भाग्यमानी देखिन्छ। धेरै योजनाहरु झापा र त्यसको पनि दमकमा केन्द्रित छन्। दमक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो।

ओलीको निर्वाचन क्षेत्रलाई बजेटमा केके ?

  • दमक चक्रपथलाई डेडिकेटेड डबल लेन बनाएर निर्माण तथा स्तरोन्नती गर्ने।
  • भद्रपुरमा सडक, ढल, खानेपानी, नवीकरणीय उर्जा, बसपार्क, मनोरञ्जन पार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका आयोजनाहरु छनोट गरी सघन सहरी विकास कार्यक्रम सञ्चालन गरिने।
  • १० सहरहरु विकास गर्न गुरुयोजना बनाउने तोकिँदा दमक पनि समेटिएको छ।
  • तनहुँ, दाङ, कैलाली र वैतडीमा सभागृह बनाउने गुरुयोजनामा झापाको दमक पनि समावेश छ।
  • झापामा नमुना वंगुर व्यवसाय स्थापना।
  • आधुनिक औद्योगिक क्षेत्रहरु स्थापनाको कार्य अगाडि बढाइनेमा पनि झापाको दमक छुटेको छैन।
  • आउँदो वर्ष झापाको गौरादहमा त्रिविबाट सम्बन्ध लिएर कृषि क्याम्पस स्थापना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell