PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

पूर्व अर्थमन्त्रीले गरे बजेटको आलोचना, मूल्यवृद्धि बढाउने टिप्पणी, अर्थमन्त्रीको जवाफ यस्तो छ



मनोज सत्याल

पूर्व अर्थमन्त्रीले गरे बजेटको आलोचना, मूल्यवृद्धि बढाउने टिप्पणी, अर्थमन्त्रीको जवाफ यस्तो छ

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको १० खर्ब ४८ अर्बको बजेटले मूल्यवृद्धि गराउने पूर्व अर्थमन्त्रीहरुले आरोप लगाएका छन्। बजेट वितरणमुखी भएको र पुँजिगत खर्च नहुने अवस्था रहेको उल्लेख गर्दै उनीहरुले 'इन्फ्लेसन' बढ्ने बताएका हुन्।

कांग्रेस सांसद समेत रहेका पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटले मुद्रास्फीतिमा चाप पर्ने बताए। 

'ठूलो १० खर्ब ४८ अर्बको बजेट अर्थमन्त्रीले संरचना गर्नुभएको छ। यसले वस्तु र सेवाको उत्पादन गर्ने भन्दा पनि सत्तारुढ पार्टीको राजनीतिक लाभलाई म्याक्सिमाइज गर्ने बाटोतर्फ जान्छ, विस्तारकारी छ', उनले भने, 'मुद्रा स्फीतिमा चाप पर्ने देखिन्छ।' 

फोकस नभएको बजेट : पाण्डे

एमालेबाटै पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले बजेटले 'फोकस' गर्न नसकेको बताए।

'धेरैतिर वितरण गरेको छ, तलब वृद्धि लगायतका कुराले गर्दा 'इन्फ्लेसन' र बजेट आकार ठूलो भएकाले मूल्यवृद्धिमा कतिको प्रभाव पार्छ, त्यसतर्फ समयमै सचेत हुनुपर्छ', पाण्डेको भनाई थियो। 

उनले पुँजीगत खर्च बढाउन सकेमात्र मूल्यवृद्धि र इन्फ्लेसनमा मेकअप गर्न सकिने बताए। 'साधारण खर्च बढ्दै गए त्यसले मूल्यवृद्धिमा चाप दिनसक्छ', उनले सचेत गराए। 

वित्तीय अराजकता ल्याउन सक्छ : डा. महत

पूर्व अर्थमन्त्री रामशरण महतले पौडेलले ल्याएको बजेटले वित्तीय अराजकता ल्याउने आरोप लगाए। 'फिस्कल अनार्की ल्याउने सम्भावना छ', महतले भने, 'कतिपय विकास र पुँजी निर्माणका कार्यक्रम लामो डिस्टेन्सका छन्, १०/१५ वर्ष लाग्ने खालका छन्। पुँजीगत खर्च हुँदैन।
उपभोगमा वितरण गर्ने भनेको पक्षमा खर्च हुन्छ। इट विल लिड टु इन्फ्लेसन एण्ड प्रेसर र यो अन्सस्टेनेबल स्थितिमा जान्छ।'

पपुलिस्ट बजेट

महतले सरकारले अहिले सबैलाइ खुसी पार्न बजेट ल्याएको बताए। 'प्रचण्डजी प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ। एउटा बजेट पेश गर्नु छ सबैलाइ खुसी पारौँ भनेर उहाँले(विष्णु पौडेल) प्रयास गर्नु भएको छ। राजनीतिक अभिप्रायले प्रेरित भएकाले यस्तो बजेट आएको छ', महतको भनाई थियो। 

सत्तारुढ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि अहिलेको बजेट पपुलिस्ट भएको आरोप लगाए। 

'हेर्दा वितरणमुखी, सस्तो लोकप्रियतामा आधारित देखियो। हेर्दा सुन्दर तर कार्यान्वयन पक्ष दुर्लभ भएकाले प्रचारमुखी रुपको रुपमा ल्याएको छ', उनले भने, 'सुन्नलाई रमाइलो छ, बजेटको कार्यान्वयन पक्ष जटिल छ। पपुलिस्ट बजेट छ।' 

तर पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता भरतमोहन अधिकारीले बजेट पपुलिस्ट नभई पपुलर भएको बताए। 

'समग्रमा राम्रो छ। च्यालेन्ज भनेको कार्यान्वयन हो', उनले भने, 'महत्वकांक्षी पनि हो। पपुलिस्ट र पपुलर फरक हो। यो पपुलर हो। च्यालेन्ज भनेको यसलाइ कार्यान्वयनका लागि हो।'

के भन्छन् अर्थमन्त्री?

अर्थमन्त्री विष्णु पौडले भने बजेट महत्वाकांक्षी भन्न अस्वीकार गर्छन्। 

'महत्वकांक्षी होइन उच्च आकांक्षी भन्छु, आकांक्षै राख्नु हुन्न भने कहाँ जाने? हामी शुन्य दशमवल ७७ प्रतिशतको वृद्धिदर लिएर बसेर कहाँ पुग्छौँ। उच्च आकांक्षी छ बजेटमा', उनले भने।

पौडेलले बजेट कार्यावन्वयनका लागि संयन्त्र बनाउने समेत दावी गरे। 

'यो बजेट कार्यान्वयन हुन्छ। कार्यान्वयन गरेर हामी लक्ष्य तय गरेको आर्थिक वृद्धिदर हासिल गर्छौँ। नीतिगत, संरचनागत समस्या समाधान गर्दै प्रभावकारी कार्यान्वयनको ढोका खोल्छौँ।' 

उनले मूल्यवृद्धि निश्चित सीमाभित्र राख्ने संकल्पसहित बजेट ल्याइएको दावी गरे। 

'मूल्यवृद्धि निश्चित सीमाभन्दा माथि जान नदिने संकल्प साथ प्रस्तुत हुँदै छौँ', उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell