PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

​कला क्षेत्रलाई छोएन बजेटले



पहिलोपोस्ट

काठमाडौं : कला क्षेत्रका व्यक्तिले यो पटकको बजेटलाई निकै महत्वका साथ लिएका थिए। तर बजेट भाषणमा कला क्षेत्रको विकास र विस्तारको कुरा कतै अटाउन सकेन।

सरकारले बनाउने भनेको फिल्म सिटीबारे बजेटमा उल्लेख छैन। यसरी बजेटमा कलाक्षेत्रलाई बेवास्ता गरेकोमा कलाकारले गुनासो गरे। नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डको नेतृत्वको गैरजिम्मेवारीका कारणले सरकारले बजेटमा कला क्षेत्रलाई नसमेटिएकोमा चित्त दुखाए।

ललितकला प्रतिष्ठानका प्राज्ञ नारदमणि हार्तम् छालीले भने फरक मत राखे, 'संविधानले कलालाई पूर्ण अधिकार दिएकाले बजेटमा समेटिनु नसमेटिनुको कुनै अर्थ छैन।'

उता हास्य कलाकार दीपकराज गिरीले व्यङग्य गर्दै भने, 'हामीले देशलाई के दिन सक्यौ र सरकारले हामीलाई देओस्।'

त्यस्तै अन्य केही कलाकारले भने सरकारले कला क्षेत्रलाई व्यवसायिक रुपमा नहेरेको कारणले बजेटमा नसमेटेको भन्दै चित्त बुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell