PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

निजी क्षेत्रले भन्यो- बजेट अवास्तविक र महत्वाकांक्षी



पहिलोपोस्ट

निजी क्षेत्रले भन्यो- बजेट अवास्तविक र महत्वाकांक्षी

काठमाडौं : सरकारले प्रस्तुत गरेको बजेट महत्वाकांक्षी र मूल्यवृद्धि बढाउने भन्दै निजी क्षेत्रले आलोचना गरेका छन्। उनीहरुले सरकारले ल्याएको बजेट मुलुकले धान्नै नसक्ने बताउँदै उनीहरुले कार्यान्वयन नहुने दावी गरे।  

कार्यान्वयनमै श‌ंका छ: मुरारका

नेपाल उद्योग वाणियज्य महासं‌घका अध्यक्ष पशुपति मुरारकाले बजेट कार्यान्वयनमा शं‌का रहेको बताए। घोषणा कार्यक्रम ठिक भएपनि कार्यान्वनयमा चुनाैति रहेकाे बताए।

निजीक्षेत्रका मागहरुलाई सरकारले केही हदसम्म सम्बाेधन गर्न खोजेको उनले बताए । सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्न निकै कठिन हुने उनले बताए।  

महत्वकांक्षी बजेट :शर्मा

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेट निकै नै महत्वकांक्षी रहेको बताए । उनले निजी क्षेत्रका केही मागलार्इ संबोधन भने गरेको बताए ।

'कृषिक्षेत्र पर्यटन र औद्योगिक क्षेत्र स्थापना गर्ने भनेको छ त्यो अत्यन्त राम्रो हो' शर्माले भने 'दीर्घकालीन असर गर्ने विकासका पक्षहरुले अन्तत देशलाई फाइदा पुर्याउँछ।'

उनले साधारण खर्च बढेको र विकास खर्च २९ प्रतिशतमात्र हुनुले यो बजेटको कार्यान्वयनमा जटिलता आउनसक्ने बताए।

'सरकारले भोलिदेखि नै कार्यान्वयनका लागि कार्ययोजना बनाउनुपर्छ', उनले भने, 'सुशासन र कानुनको पालना हुनुपर्छ।  सुशासन बृद्दि भएन भने सरकारी काम कार्वाहीले गति लिन सक्दैन।'

मुलुकले धान्न नसक्ने बजेट :श्रेष्ठ

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट मुलुकले धान्न नसक्ने बताउँदै कार्यान्वयन गर्न समस्या पर्ने बताए।

'बजेटले निजी क्षेत्रसहित सवैलाई समेटेको छ,' श्रेष्ठले भने, 'विद्युत पूर्वाधार र कृषिमा लगानी बढाउनु भनेको देशमा आर्थिक क्षेत्रको नयाँ ढोका खोल्नु हो।'

अनरियालिस्टिक बजेट:  गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बजेट अनरियालिस्टक र अव्यवहारिक रहेको बताए। उनले आर्थिक सम्बन्धि ऐन वर्षौसम्म सदनमा अड्किदा समेत पारित गराउने कुनै योजना नल्याएको बताए।

उनले सरकारी कर्मचारीको तलब बृद्धि गरेर निजी क्षेत्रलाई भार परेको बताए। उनले भने, 'हामीले भर्खरै मात्र १७ प्रतिशत तलब बढाएका छौ सरकारले तलब बढाएर हामीलाई फेरि दवाब पार्यो।'

उनले सरकारले इन्धनमा बढाउने भनेको पाँच रुपैयाँ रकमले गरिब जनतालई झन् मार पर्ने बताए । उनले पाँच रुपैयाँ कर आयल निगमको नाफाबाट भुक्तान गर्नुपर्ने र जनतालाई यो महङ्गीमा ढाड सेकाउन नहुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell