PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

तीन किलो कोकिनसहित चिनियाँ नागरिक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : अवैध रुपमा कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने चार जनालाई पक्राउ गरेको साता नबित्दै पुन: अर्का कारोबारी पक्राउ परेका छन्।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। विषेश सूचनाको आधारमा ठमेलबाट पक्राउ परेका उनको नाम खुल्न नसकेको ब्युरोका एसपी धिरज विक्रम शाहले जानकारी दिए। पक्राउ परेका व्यक्तिको साथबाट करिब ३ केजी कोकिन बरामद गरिएको छ।

चार दिनअघि पनि २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित नेपाली, भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक समातिएका थिए। यस्तै दुई दिनअघि चिनियाँ महिला दोङदोङ पनि पक्राउ परेकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell