PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै ज्येष्ठ नागरिक निस्किए विरोधमा



पहिलोपोस्ट

काठमाडौं : अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटबाट आफूहरु सन्तुष्ट हुन नसकेको भन्दै ज्येष्ठ नागरिकहरु विरोधमा उत्रिएका छन्।
 
सरकारले बजेट भाषणमार्फत सामाजिक सुरक्षा भत्तालाई बढाएर दोब्बर बनाए पनि आफूहरुको मागअनुसार सुनुवाइ नभएको उनीहरुको गुनासो छ। विरोधस्वरुप उनीहरुले आज काठमाडौंमा र्‍याली निकालेका छन्। 
 
आन्दोलन संयोजन गरिरहेका महाप्रसाद पराजुलीले मासिक भत्ता तीन हजार नपुर्‍याएसम्म आन्दोलन नरोकिने बताए। आन्दोलन झन् कडा बनाएर लैजाने उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन्।

विभिन्न माग राख्दै ज्येष्ठ नागरिकहरु चार वर्षदेखि आन्दोलनमा छन्। सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था हुनुपर्ने माग राखे पनि बजेटमा नसमेटिएको पराजुलीले बताए।

आर्थिक वर्ष २०७३/७४ को बजेटमा सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएर मासिक दुई हजार रुपैयाँ बनाएको छ। वृद्ध, एकल महिला, अपांग लगायतका सूचीकृत व्यक्तिले यसअघि मासिक एक हजार पाउँदै आएका थिए। नौ महिनासम्म सरकारमा रहँदा एमालेले २०५१ सालमा वृद्धभत्ताको थालनी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell