PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

लेखक तथा पत्रकार नकुल सिलवालले गरे आत्महत्या



पहिलोपोस्ट

लेखक तथा पत्रकार नकुल सिलवालले गरे आत्महत्या

काठमाडौं : लेखक तथा साहित्यिक पत्रकार नकुल सिलवालले आत्महत्या गरेका छन्।
 
आज बिहान बानेश्वर भीमसेनगोलास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका उनको शव अहिले सिनामंगलको केएमसी अस्पतालमा राखिएको छ। छोरालाई खाना दिई आफू भित्र कोठामा गएर डोरीमा झुन्डिएको अनुमान छ। उनको पोस्टमार्टमको तयारी भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दियो।
 
गम्भीर र भद्र प्रकृतिका सिलवालले साहित्यिक पत्रिका 'बगर' प्रकाशन गर्दै आएका थिए। हालै उनी कथाकार 'मनु ब्राजाकी विशेष अंक'को तयारीमा समेत थिए।
 
‘विशेषगरी कविता र कथा लेखनमा उनको रुचि भए पनि उति सफल भएनन्,’ कथाकार नारायण तिवारीले भने, ‘तर 'बगर' साहित्यिक पत्रिकाको सम्पादक/प्रकाशककै रुपमा नाम/काम बढी प्रख्यात छ।’
 
'बगर' पत्रिकाले हरेक वर्ष 'वर्षभरिका उत्कृष्ट कथा' वा वर्षभरिका उत्कृष्ट कविता' भनेर विशेष अंक निकाल्ने गरेको थियो।
 
२०१९ सालमा जन्मिएका सिलवालका ‘सूर्य उदाएपछि’, र ‘पहिरोले उतारेको मानचित्र’ कविता संग्रह तथा ‘तेस्रो पाइला’ उपन्यास कृति प्रकाशन भइसकेका छन्। उनले २०४८ सालमा ‘सिद्धिचरण श्रेष्ठ पुरस्कार’ पनि पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell