PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

धुर्मुस-सुन्तलीका लागि खुत्रुके फुटाउने यी बालिका, हेर्नुस् भिडियो



पहिलोपोस्ट

धुर्मुस-सुन्तलीका लागि खुत्रुके फुटाउने यी बालिका, हेर्नुस् भिडियो

काठमाडौं : हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यति बेला सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्ती निर्माण अभियानमा व्यस्त छन्। भूकम्पले ध्वस्त बनाएको बस्ती पुनर्निर्माणमा जुटेका यी कलाकारलाई गाउँलेको साथ त छँदै छ, देश-विदेशबाट पनि सहयोग जुटिरहेको छ।
 
आफ्नो अभियानमा सहयोग पुर्‍याउन उनीहरुले म्युजिक भिडियोको सहारा लिएका छन्। पुनर्निर्माणमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हाम्रो वास्तविकतामा आधारित रहेर नै गीतमा अभिनय गरेका हौं,’ सुन्तलीले भनिन्, ‘एक-दुई जनाले मात्र हुँदैन, सबै जुट्यौं भने पुनर्निर्माणको काम सक्न धेरै समय लाग्दैन।’
 
भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको दृश्य छ। उनीहरुको अभियानमा सहयोग गर्न बालिकाले खुत्रुके फुटाएर पैसा दिएको पनि देखाइएको छ।
 
डा. भीष्मकुमार भुसालले लेखेको यो गीतमा म्युजिक भिडियोमा स्वरुपराज आचार्य र स्मीता दाहालको स्वर सुन्न पाइन्छ। वसन्त सापकोटाको संगीत रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन्।

हेर्नुस् भिडियो 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell