PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

तीन किलो कोकिनसहित समातिए चिनियाँ नागरिक, कोकिनको मूल्य ६ करोड साढे ३५ लाख



सविन ढकाल

तीन किलो कोकिनसहित समातिए चिनियाँ नागरिक, कोकिनको मूल्य ६ करोड साढे ३५ लाख

काठमाडौं : अवैध रुपमा कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने एक चिनियाँ नागरिकलाई आज प्रहरीले सार्वजनिक गरेको छ।

चार जनालाई पक्राउ गरेको साता नबित्दै पुन: यी चिनियाँ नागरिक हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

२१ वर्षीय चुन मन हो नाम गरेका यी युवकबाट ३ केजी १७७ ग्राम कोकिन बरामद गरिएको छ। उक्त परिमाणको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ करोड ३५ लाख ५० हजार हुन आउने प्रहरीले जनाएको छ।  सुटकेशमा फल्स बटम बनाइ लुकाएको अवस्थामा कोकिन फेला परेको थियो। 

के ०२३३४५७ नम्बरको राहदानी वाहक चुन मन काठमाडौंबाट मलेसियन एयरद्वारा क्वालालाम्पुर हुँदै हङकङ जाने तयारीमा थिए। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

चार दिनअघि पनि २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित नेपाली, भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक समातिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell