
- राधेश्याम पटेल
त्यसअघि दुई देशका प्रहरीको संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपाल दुवै प्रहरीको समन्वयमा अपरेसन गरेर केडियाको उद्दार गरिएको जानकारी दिइयो। भारतका तर्फबाट प्रहरी जितेन्द्र राना र विनयकुमारले केडियालाई रक्सौलसम्म लिएर आएका थिए।
भारतीय प्रहरीले रन्जन झा नाम गरेका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। उनी अपहरण गर्दा प्रयोग भएको गाडीको ड्राइभर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यसैगरी एउटा हतियार र चार वटा गोली पनि बरामद भएको छ।
विहारका मुख्यमन्त्री नीतिशकुमारको निर्देशनमा भारतीय प्रहरीले स्पेसल टास्क फोर्स बनाएर केडियाको उद्दार गरेको थियो। रक्सौलका व्यापारी महेश अग्रवालले केडियाको उद्दार नभए रक्सौलका व्यापारीसमेत त्रसित हुन्छन् र व्यापार चौपट हुन्छन् भन्दै आवाज उठाएका थिए। मुख्यमन्त्री नीतिशकुमार सम्म पुग्न उनीहरुले भाजपाका सांसद सन्जय जैसवालको सहयोग लिएका थिए।
कहाँ भेटिए केडिया?
स्पेसल टास्क फोर्सले अपहरणकारीले केडियालाई लुकाएर राखेको ठाउँमा छापा मारी उद्दार गरेको भने होइन। प्रहरीले हाल भारतीय जेलमा रहेका कुख्यात भारतीय अपराधी बब्लु दुबेको समूह अपहरणमा संलग्न भएको पत्ता लगाएपछि उनको परिवारलाई नियन्त्रणमा लिएर सोधपूछ गरेको थियो।त्यसपछि अपहरणकारी आफैले केडियालाई लुकाएर राखेको ठाउँबाट मोटरसाइकलमा राखी मोतिहारीको छतवनी चोकमा ल्याएर छाडिदिएका थिए।
पत्रकार सम्मेलनमा केडियाले आफूलाई हातमुख बाँधेर अगाडि एक जना र पछाडि एक जना बसी त्यो ठाउँमा ल्याई छाडिदिएको बताए। उनले मिडियामा फिरौति मागिएको भनी आएको समाचारको खण्डन पनि गरे।
घटनामा दुवैतर्फका आपराधिक समूहको संलग्नता हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।
दुबे तीन वर्षअघि काठमाडौँमै पक्राउ परी भारतमा बुझाइएका अपराधी हुन्।