PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​बजेटको गोपनीयता भंग गरेको भन्दै कांग्रेसको विरोध, संसद अवरुद्ध



पहिलोपोस्ट

​बजेटको गोपनीयता भंग गरेको भन्दै कांग्रेसको विरोध, संसद अवरुद्ध

काठमाडौं  : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ।

शनिबार अर्थमन्त्रीले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा छापिएको भन्दै कांग्रेस छानबिन गर्न माग गरेको छ। सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो।

बिहान ११ बजे बोलाइएको संसद बैठकमा नेता महतले बोलेपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै संसद अवरोध गरेका थिए। त्यसपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।

आधा घण्टापछि फेरि सुरु भएको बैठकमा कांग्रेस नेता रमेश लेखकले महतकै कुरा दोहोर्‍याउँदै छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने बताए। त्यसपछि संसद फेरि साढे १ बजेसम्मका लागि स्थगित भएको छ।

शनिबार संसदमा बजेट पेश हुनुअघि नागरिक दैनिकमा बजेट प्रकाशित भएको कांग्रेसले आरोप लगाएको छ। 

संसद खुलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell