PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सिंहदरबारमा रङ छ्याप्ने इशानको समर्थनमा भट्टराई, भन्छन् - छिटो छोडोस्



पहिलोपोस्ट

सिंहदरबारमा रङ छ्याप्ने इशानको समर्थनमा भट्टराई, भन्छन् - छिटो छोडोस्

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको भित्तामा रङ्ग छ्यापेका कारण पक्राउ परेका इशान र उनका समर्थकलाई सोमबार भेटेका छन्।

हाल महानगरीय प्रहरी वृत्त, सिंहदरबारको थुनामा राखिएका इशान र उनका अन्य पाँच जना समर्थकलाई उनले त्यहीँ गएर भेटेका हुन्।

प्रहरी हिरासतमा केही दिन भोकै बसेका इशानको टोलीसँगको भेटका क्रममा भट्टराईले भने 'यो युवा अवस्थामा क्रान्तिकारी स्पिरिट आउँछ नै, तर संघर्ष गर्दा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। शरीर रह्यो भने मात्रै संघर्ष गर्न सकिन्छ।’ 

इशानलाई भेट्न भट्टराईसँगै नयाँ शक्तिका नेपालका हिसिला यमी, गंगा श्रेष्ठ, सुरेन्द्र चौधरी पनि  गएका थिए। 

संयोजक भट्टराईले राज्यको ध्यान तान्नका लागि गरिएको काम स्पिरिटका हिसाबले ठीक भएको बताए। तर वर्तमान सरकारबाट माग पूरा भइहाल्ने अवस्था नरहेकाले संघर्षलाई फरक ढंगले जारी राख्न आग्रह गरे।

​वर्तमान राजनीतिक दल र राजनीतिक संस्कारबाट आमूल परिवर्तन सम्भव नभएको ठहर गरेर आफू पनि नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको उल्लेख गर्दै उनले वैकल्पिक राजनीतिका लागि, राजनीतिको मूल सफा गर्नका लागि हुने सबै संघर्षहरुमा आफ्नो ऐक्यवद्धता हुने पनि बताए।

इशान विरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ। भट्टराईले प्रहरीसँग मुद्दालाई धेरै लम्ब्याउने भन्दा पनि चाँडो सल्टाउनतिर लाग्न आग्रह गरे। सिंहदरबारको मुख्य गेटको भित्तामा रातो रङ छ्यापेका कारण पक्राउ परेका इशान रिहा भएपछि फेरि रङ छ्यापेपछि दोश्रो पटक पक्राउ परेका थिए। 

भट्टराईले आजै बिहान ट्विटर मार्फत इशान लगायत ६ जनालाई छाड्न आग्रह गरेका छन्।

 

फोटोहरु : नयाँशक्ति मिडिया टिम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell