PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

बाबुरामको विचारमा कनकमणिको समर्थन!



पहिलोपोस्ट

बाबुरामको विचारमा कनकमणिको समर्थन!

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पत्रकार तथा अधिकारकर्मी कनकमणि दीक्षित अधिकांश समय एउटै धारमा देखिन्नन्। एक अर्काप्रति कटु आलोचना गर्ने यी दुई प्रभावशाली उत्रिहाल्छन्। सामाजिक सञ्जालमा यिनका टिप्पणी युद्धकै रुपमा चर्किन्छ कहिलेकाहीँ।

पूर्व प्रधानमन्त्री भट्टराई अहिले नयाँ पार्टी नयाँ शक्तिको घोषणा गर्न तयारी गरिरहेका छन्। नयाँ पार्टी बनाउँदा नयाँ नारा र अजेन्डाहरुको खोजीमा बाबुराम छन् भने कनकमणि मानव अधिकारको मुभमेन्टमा।

केही समयअघि अख्तियारको 'फन्दा'मा परेका दीक्षित माओवादीको कटु आलोचक रहँदै आएका छन्। यसर्थमा बाबुराम उनको निशानामा पर्दै आएका थिए। माओवादी आन्दोलनसँग जोडिएका अधिकांशहरु दीक्षितसँग रुष्ट छन्। द्वन्द्वकालीन मुद्दालाई दीक्षितले चर्काइरहने भएकाले उनीहरु दीक्षितविरुद्ध सक्रिय हुने गर्छन्। 

कनकमणिले पटक पटक बाबुराम भट्टराई लगायत माओवादीका नेताहरुलाई सामाजिकस सञ्जालको बहसमा आउन निम्तो नै दिने गर्थे। यसमा माओवादी विरोधीहरुले चर्को साथ दिन्थे।

यही क्रममा आज बिहान डा बाबुराम भट्टराई एउटा ट्विट गरे सरकारले हालै प्रस्तुत गरेको बजेटलाई लिएर। बिहान ७ बजेर २० मिनेट जाँदा भट्टराईले लेखे - शिक्षाको बजेट ११ प्रतिशतमा झरेछ! २० प्रतिशत हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता हो! दक्ष जनशक्तिविना आर्थिक क्रान्ति हुन्न! यसरी उल्टो दिशामा हिडेर कता पुग्ने होला?
 

एक अर्काको सधैं आलोचनात्मक धारमा उत्रने दीक्षित यसपाला भने बाबुरामको तर्कसँग सहमत देखिए। र बाबुरामलाई मेन्सन गर्दै समर्थन जनाए। उनले बाबुरामको आशयलाई अङ्ग्रेजीमा अनुवादसमेत गरेर ट्विट गर्न भ्याए।
 
  Agree @brb_laaldhwoj, the tragedy of forcing budgetary allocation for education down to 11%, when it should top 20%.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell