PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

क्यान्सरपीडित पत्रकार शर्माको उपचारमा महासंघले थाल्यो अभियान



पहिलोपोस्ट

क्यान्सरपीडित पत्रकार शर्माको उपचारमा महासंघले थाल्यो अभियान

काठमाडौं : ब्लड क्यान्सरबाट बिरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहेका पत्रकार एवं महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारका लागि नेपाल पत्रकार महासंघले अभियान थालेको छ।
 
‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ को आरम्भ गर्दै महासंघले आजै २५ हजार रुपैयाँ जम्मा गरेको छ।
 
सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकार तथा सहयोगीहरुले महासंघ केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंकको चल्ती खाता Federation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिन अपिल गरिएको छ।
 
मोफसल पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार शर्माको उपचारमा आ–आफ्नो शाखामार्फत सहयोग पुर्‍याउनसमेत महासंघले आग्रह गरेको छ।
 
सल्यानी सन्देश र रेडियो शारदा एफएममा आबद्ध पत्रकार शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि आर्थिक सहयोग जुटाउन अभियान थालिएको कोषाध्यक्ष सूर्यमणि सुवेदीद्वारा जारी प्रेसनोटमा जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell