PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सुल्तानको ट्रेलरमै सलमानको रेकर्ड



पहिलोपोस्ट

सुल्तानको ट्रेलरमै सलमानको रेकर्ड

बलिउड स्टार सलमान खानको रिलिजको क्रममा रहेको फिल्म 'सुल्तान'ले प्रदर्शन हुनु अघि नै नयाँ कीर्तिमान राखेको छ। युट्युबमा सार्वजनिक गरिएको पाँच दिनमै सुल्तानको ट्रेलर १ करोड पचासी लाख पटक पटक हेरिएको छ।

बलिउडलाइफ डटकमका  अनुसार यति छोटो अवधिमा नै करोड बढी दर्शकले युट्युवमा ट्रेलर हेरेको यो पहिलो रेकर्ड हो।

आगामी इदमा रिलिज हुने सुल्तानको दोस्रो ट्रेलरमा अभिनेत्री अनुष्का शर्मा देखिएकी छिन्। अनुष्का देखिएको ट्रेलर भने ७० लाख ४२ हजार पटक हेरिएको छ। सलमान खान देखिएको ट्रेलरले यस अघि अनुष्का शर्माको फिल्म 'पिके' र सलमानकै फिल्म 'बजारंगी भाइजान' को ट्रेलर भ्युको रेकर्ड तोड्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell