PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

अझै मिलेन चाँगुनारायणको मतगणना विवाद



रासस

अझै मिलेन चाँगुनारायणको मतगणना विवाद

भक्तपुरः चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना सुचारु गर्न बसेको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गिएपछि मतगणना झनै अन्यौलमा परेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना पुनःसञ्चालन गर्नका लागि बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि मतगणना सुचारु हुन नसकेको हो । 

प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज चार घन्टा लामो छलफल भएपनि सहमति नभएको कार्यालयले जनाएको छ ।

गत शुक्रबार वडा नं ४ को मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा एमालेका उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो । 

निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुनः मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि बैठकमा दलबीच सहमति हुन नसकेको हो । 

आजको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को पुनः मतगणना गर्नुपर्ने पुरानै मागमा अडान लिएका र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell