PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

शंकर ग्रुप पनि हस्पिटालिटी बिजनेसमा, नक्शालमा थाल्यो ५ तारे होटल निर्माण



पहिलोपोस्ट

शंकर ग्रुप पनि हस्पिटालिटी बिजनेसमा, नक्शालमा थाल्यो ५ तारे होटल निर्माण

काठमाडौं  : शंकर समूहले काठमाडौंमा साढे तीन अर्ब लगानीमा अत्याधुनिक पाँचतारे होटल निर्माण थालेको छ। फलामे डन्डी, सिमेन्ट र एफएमसिजी क्षेत्रमा अग्रणी शंकर समूहले विश्वकै बढी सञ्जाल भएको हिल्टनको डबल ट्रि बार्इ हिल्टन ब्रान्डमा होटेल सञ्चालन गर्न लागेको हो।

समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालका अनुसार होटल निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ। उनले होटल सन् २०१८ को अन्तिमतिर सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए।

नक्साल भगवती मन्दिर नजिकै पाँच रोपनी जग्गामा होटल निर्माण भइरहेको छ। 'होटल निर्माण गर्दा डिजाइन र सुरक्षालार्इ बढी ध्यान दिइएको उनले बताए।

'हामीले भूकम्पपछि सबैभन्दा बढी सुरक्षालार्इ ध्यान दिएका छौं। अगाडि निर्माण भएका सबै स्ट्रक्चर परिवर्तन गर्‍यौं,' उनले भने, 'भूकम्प प्रतिरोधी भवन हुनेछ। यो होटलको डिजाइनलार्इ सबैभन्दा बढी समय लगाएर उत्कृष्ट बनाउने प्रयास गरिएको छ।'

उनले होटलको डिजाइनमा धेरै समय लगाएको जानकारी दिँदै भने 'नेपालमा निर्माण भएकामध्ये उत्कृष्ट होटल बनउन खोजेका हौ। त्यसैले हामीलार्इ धेरै समय लाग्यो।'

होटलको चारैतिर कंक्रिटको वाल हुँदैन। चारैतिर सीसा राखिएको छ। महंगा फिचरहरु राखिएकोले होटलको लागत समेत बढेको छ। अग्रवालले होटलबाट उपत्यकाको सबै क्षेत्र सजिलै दृश्यावलोकन गर्न सकिने दावी गरे।

१६ तले होटलमा दुर्इ तल्ला पार्किङ रहनेछ भने सबैभन्दा माथि स्विमिङ पुल हुनेछ। होटलमा १ सय ३० कोठा हुनेछ। होटल बुटिक अवधारणामा सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

 अग्रवालका अनुसार होटलको पचास प्रतिशत कोठामा बाल्कोनी हुन्छ। राती लाइटिङ हुँदा होटल आकर्षक देखिने गरी निर्माण भइरहेको छ। 'होटल निर्माण भएर सञ्चालन आएपछि रातीको समयमा यो होटलको चारैतिर बत्ति बल्दा छुट्टै देशमा गएको अनुभब हुने छ,' उनले भने।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell