PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेनाको विस्फोटक गोदाममै आगो, १७ भारतीय सुरक्षाकर्मीको मृत्यु



पहिलोपोस्ट

सेनाको विस्फोटक गोदाममै आगो, १७ भारतीय सुरक्षाकर्मीको मृत्यु

महाराष्ट्र : ठूलो परिमाणमा विस्फोटक राखिएको गोदाममा आगलागी हुँदा कम्तिमा पनि दुई अधिकृतसहित १७ सुरक्षाकर्मीको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएका छन्। महाराष्ट्रको वारदा जिल्लामा पटक पटक विस्फोट भइरहेको सुरक्षा अधिकारीले जनाएका छन्

टेलिभिजन फुटेजमा पनि व्यापक आगो लागेको देखिएको छ। बिहानैदेखि आगलागी भएको स्थानीयले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार बिहान १:३० यता पटक पटक विस्फोट सुनिएको छ। आगलागीमा परेर ज्यान गुमाउनेहरुमा सेनाहरु रहेका छन्।

'आगलागी भएको मुख्य ठाउँ नियन्त्रमा लिइएको छ,' एक सैनिक अधिकारीले भने। तर उनले मुख्य बाहेकका क्षेत्रमा फैलिएको आगोबारे जानकारी दिएनन्। 

वारदाका पुलिस सुपेरिटेन्डेन्ट स्मिता पाटिललाई उदृत गर्दै एएफपीले जनाएअनुसार घाइते भएका १९ जना जोखिममुक्त अवस्थामा उपचार गराइरहेका छन्।

आगलागी भएको ठाउँ नजिकै रहेका सयौं परिवारलाई त्यहाँबाट हटाइएको छ। रक्षा मन्त्री मनोहर पारिकर घटनास्थल जाने कार्यक्रम रहेको छ। घटनाको अनुसन्धानका लागि सरकारले आयोग गठन गरिसकेको छ।

दश बारुणयन्त्र आगलागी भएको ठाउँमा परिचालन गरिएको थियो। मध्यरातदेखि सुरु भएको आगो बिहान ६:३० मा मात्र नियन्त्रणमा लिन सकिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिकको मृत्युप्रति दुख प्रकट गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनावेजले घटनालाई अपूरणीय क्षति भएको बताएका छन्।

सन् २००७ मा यसैगरी जम्मु र कास्मिरमा राखिएको विस्फोटक पदार्थमा आगो लाग्दा कम्तिमा पनि १७ जनाको मृत्यु भएको थियो भने २४ भन्दा धेरै घाइते भएका थिए।

२०१० मा कोलकातामा यसैगरी विस्फोटक भण्डारमा आगो लागेको थियो त्यहाँ भने मानवीय क्षति भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell