PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

​बजेट 'लिक' बारे संसदीय छानबिन विशेष समिति गठनको सहमति



मनोज सत्याल

​बजेट 'लिक' बारे संसदीय छानबिन विशेष समिति गठनको सहमति

काठमाडौं :  संसदमा बजेट पेश हुनुअघि नै त्यसको महत्वपूर्ण सूचना सार्वजनिक भएकोबारे छानबिन गर्न समिति गठन हुने भएको छ।

एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको सहमति अनुसार बजेट 'लिक'  बारे अध्ययन गर्न संसदीय छानबिन विशेष समिति गठन हुने भएको हो।

दलहरुको सहमति अनुसार मंगलबारको संसद बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव गर्नेछन् भने कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले त्यसलाई समर्थन गर्नेछन्।

मंगलबार बिहान भएको छलफलमा सत्तारुढ दल वजेटको गोपनीयता भंग भएको विषयमा छानबिन गर्न तयार भएपछि नेपाली कांग्रेसले सदन अवरोध नगर्ने भएको छ। मंगलबार नै संसद बैठकमा बजेमाथि छलफल सुरु हुने भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सत्तारुढ दलहरु छानबिन समिति गठन गर्न तयार भएकाले अवरोध हट्ने जानकारी दिए।

प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको गोपनीयता भंग गरेर सरकारले सदनको विशेषाधिकार हनन गरेको भन्दै सोमबार चार पटक संसद अवरोध गरेपछि बैठक मंगलबारलाई सारिएको थियो। उसले बजेट लिकबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell