PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कलियुगका एकलव्य प्रणव धनवाडे, सचिनका छोरालाई छान्दा प्रणव आउट



पहिलोपोस्ट

​कलियुगका एकलव्य प्रणव धनवाडे, सचिनका छोरालाई छान्दा प्रणव आउट

मुम्बईको अन्डर १६ क्रिकेट टीममा भारतीय टीमका पूर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरको छोरा अर्जुनलाई छनोट गरी प्रणव धनवाडेलाई छनोट नगरेको भन्दै सामाजिक सञ्जालमा बहस बढ्दो छ।

अर्जुनको चयन हुने तर एकै इनिङमा एक हजार भन्दा बढी रन बनाएका प्रतिभावान खेलाडी प्रणवको चयन नभएको भन्दै सामाजिक सञ्जालमा बहस छाएको हो

गत जनवरीमा प्रणवले एक स्कुल प्रतियोगितामा एकै खेलमा १००९ रन बनाएका थिए। जसले गर्दा उनको भारतमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको थियो। त्यतिखेर तेन्दुलकरले समेत प्रणवलाई बधाईका साथै अटोग्राफवाला ब्याट दिएका थिए। यस्तै भारतीय वान डे टीमका कप्तान महेन्द्र सिंह धोनी, हरवजन सिंहले पनि बधाई दिएका थिए भने भारतीय टीमका पूर्व कप्तान तथा पूर्व मुख्य छनोटकर्ता दिलीप वैगसरकरले मुम्बई क्रिकेट एसोसिएनको तर्फबाट सम्मान गरेका थिए।

प्रणवको उक्त उपलब्धीलाई मध्यनजर गर्दै आगामी ५ वर्षका लागि प्रत्येक महिना १० हजार रुपैयाँ छात्रावृत्ती दिने घोषणा गरेको थियो।
तर, अहिले हजारौंमा एक खेलाडी धनवाडेलाई अन्डर १६ को १५ सदस्यीय टीममा छनोट छनोट नगरिनुले बहसलाई व्यापक बनाएको छ। धनवाडे १५ सदस्यी टीममा मात्र नपरेका होइनन् ५ सदस्यी स्टान बाई लिस्टमा पनि उनी परेका छैनन्।

प्रणवका पिता एक अटो रिक्सा चालक हुन्। प्रणव छनोट हुन असफल रहेपछि मोहन श्रोत्रिएले फेसबुकमा लेखेका छन् - यो त हुनु नै थियो.... काम्बलीको बेला पनि भएको थियो? धनवाडे हाम्रो समयको एकलव्य।

दलित समाज इन्डिलोले ट्विट गरेको छ - प्रणव धनवाडे अर्जुन तेन्दुलकर सचिन अन्याया र भेदभावका लागि सचिनले सफाई दिनु पर्छ।
खेलाडी छनोट समितिमा राकेश पारिखको अध्यक्षतामा समिर दिघे पनि थिए जो सचिन तेन्दुलकरको शुभचिन्तक मानिन्छन्।

कमजोर विकेटकिपिङ र ब्याटिङका बाबजुत पनि सचिनले आफ्नो कप्तानी रहेको बेला समीरलाई भारतीय टीममा स्थान दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell