
- विज्ञान अधिकारी/सुदर्शन सापकोटा -
तर बिजमाण्डूलाई प्राप्त विवरणअनुसार नेपालले अफसोर कारोबारमा पुँजीगत लाभकर लिएको छ, त्यो पनि एनसेलकै कारोवारमा। र, यो कारोबारमा भएको पुँजीगत लाभमा एनसेल नै कर तिरेको छ र त्यो पनि जरिवाना र व्याजसहित।

आन्तरिक राजस्व कार्यालयले संसदीय समितिमा बुझाएको एउटा विवरणअनुसार २०६५ मा पोर्टोफिनोले रेनल्ड होल्डिङ टेलियालाई बिक्री गरेको थियो। यो कारोबार अहिले टेलियाले एक्जियटालाई रेनल्ड बिक्री गरेझैं पूरै अफसोर कारोबार भएको थियो। त्यही रेनल्ड होल्डिङ बिक्री गर्दा आफूलाई लाभ भएको भन्दै पोर्टोफिनोले २०६९ जेठ ३२ गते ठूला करदाता कार्यालयमा २१ करोड ७२ लाख रुपैयाँ लाभकर तिरेको थियो।
त्यसैगरी २०६५ देखि २०६९ सम्म एनसेलको स्वामित्व भएको रेनल्ड होल्डिङको कारोवारमा भएको लाभवापतको रकम भुक्तानी गर्न ढिला भएको भन्दै आठ करोड ९५ लाख १८ हजार रुपैयाँ जरिवाना तथा व्याजसमेत पोर्टोफिनोले भुक्तानी दिएको थियो।
पोर्टोफिनोलाई भएको लाभको जानकारी तथा उसलाई भएको लाभ, लाभ तिर्न ढिलाई हुँदाको जरिवाना तथा ब्याज पोर्टोफिनोको तर्फबाट एनसेलले ठूला करदाता कार्यालयमा भुक्तानी दिएको थियो। यही भुक्तानी दिंदा एनसेलले आफ्ना सेयरहोल्डरका तर्फबाट एनसेल स्थापनाका लागि अहिलेसम्म १० करोडको चुक्ता पुँजीसहित एक अर्व ३१ करोड खर्च भएको जानकारी दिएको थियो।
ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको पोर्टोफिनो (पो.ब.न. ३४३) ले टेलियासोनेरा नेपाल होल्डिङ नर्वेलाई बिक्री गरेको अफसोर कम्पनी रेनल्ड होल्डिङ अहिले फेरि टेलियासोनेराले एक्जियटा युके लिमिटेडलाई बिक्री गरेको हो।
त्यही कारण अहिलेको कारोबार पनि करबाट मुक्त हुनै नसक्ने तर्क कर अधिकृतहरुको छ। कर अधिकृतहरुले २०६९ जेठ ३२ मा ठूला करदाता कार्यालयमा एनसेलले आफ्ना सेयरधनीका तर्फबाट बुझाएको पुँजी संरचनामा त्यसपछि परिवर्तन नभएको बताउँछन्। त्यसैकारण एक खर्व ४४ अर्ब रुपैयाँमा टेलियाले रेनल्ड होल्डिङलाई बिक्री गर्दा एक अर्ब ३१ करोड कटाएर बाँकी रकम लाभकर हुने जिकिर कर अधिकारीहरुको छ।
तर वैशाख २६ गते ठूला करदाता कार्यालयमा एनसेलले आफ्ना सेयरधनीका तर्फबाट विवरण बुझाउँदै एनसेल खरिद गर्दा ७८ अर्ब रुपैयाँ खर्च देखाएको छ। त्यही खर्चलाई घटाएर हुने ६६ अर्ब लाभमा एनसेलले टेलियाबाट अग्रिम कर कट्टी गरेर नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ लाभकर ठूला करदाता कार्यालयमा बुझाएको छ। एनसेलले बुझाएको विवरणको आधार पुष्टि गर्न आग्रह गर्दै अहिले ठूला करदाता कार्यालयले एनसेललाई १५ दिने म्यादसहितको पत्र लेखेको छ। तर अहिलेसम्म एनसेलले करलाई जवाफ भने फर्काइसकेको छैन्। यस्तो कारोवारमा आयकर ऐन २०५८ ले विवरण बुझाउने र लाभकर्ताका तर्फबाट अग्रिम कर कट्टा गरेर बुझाउने जिम्मा सम्बन्धित कम्पनीलाई दिएको छ।
.jpg)
.jpg)
.jpg)