PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​मनीषाको रहस्यमय मृत्यु : झुटो बोलेको हो कि हैन पत्ता लगाउन पोलिग्राफ टेस्ट, रिजल्ट तीन दिनमा



सविन ढकाल

​मनीषाको रहस्यमय मृत्यु : झुटो बोलेको हो कि हैन पत्ता लगाउन पोलिग्राफ टेस्ट, रिजल्ट तीन दिनमा

काठमाडौँ : फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषा घर्ती मगरको रहस्यमय मृत्युबारे अनुसन्धान गरिरहेको प्रहरीले उनका प्रेमी आशिष भनिने रुद्रप्रसाद चौधरीले झुटो बोलेको हो कि होइन पत्ता लगाउन आज पोलिग्राफ टेस्ट गरेको छ। 

आज बिहान करिब ८ बजेदेखि भएको पोलिग्राफ टेस्ट करिब तीन घण्टा चलेको नवलपरासीका एसपी राजेन्द्र चौधरीले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार टेस्टको रिजल्ट आउन तीन दिन लाग्नेछ। 

पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोलीले चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो। हिजो नै उनको टेस्ट लिने भनिए पनि आशिषको टाउको दुखेको कारण सम्भव भएको थिएन। 

गएको बिहीबार बिहान मनीषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको शुक्रबार अन्त्येष्टि गरिसकिएको छ। 

चौधरीले प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको बयान उनले दिएका थिए। 

मनीषाको काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइए पनि प्रहरीले यसबारे विवरण सार्वजनिक गरिसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell