PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​जितेन्द्र देव भन्छन् - यो बजेट अत्यन्त राम्रो चुनावी घोषणापत्र?



पहिलोपोस्ट

​जितेन्द्र देव भन्छन् - यो बजेट अत्यन्त राम्रो चुनावी घोषणापत्र?

काठमाडौं : मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले यो बजेट अहिलेसम्मकै राम्रो चुनावी घोषणापत्र भनेका छन्।

संसदमा बजेटमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गरेर बजेट ल्याइएको उनले दावी गरे।

'सायद फागुन चैतमा यो मुलुकमा स्थानीय निर्वाचन हुन गइरहेको छ। त्यसलाई मध्यनजर राखेर बहुतै आकर्षक, प्रधामन्त्री र अर्थमन्त्रीको पार्टीलाई धेरै फाइदा हुने गरी धेरै आकर्षक वक्तव्य बजेटमा आएको छ' उनले भने 'प्रथम दृष्टिमा भन्दा यो बहुत राम्रो चुनावी घोषणा पत्र वा चुनावी बजेट आएको छ।'

सरकारको राजस्व लक्ष्य ५ खर्ब ६५ अर्ब र चालु खर्च ६ खर्ब १७ अर्ब रहेको भन्दै नेता देवले कर्मचारीलाई तलब भत्ता खुवाउन पनि ऋण खोज्नुपर्ने अवस्था रहेको बताए। उनले सरकारले ऋण बोकाएर घ्यु खाने सिद्धान्तबाट बजेट ल्याएको दावी गरे।

राजस्व ५ खर्ब ६५ अर्ब उठाउने तर चालु खर्च ६ खर्ब १७ अर्ब छ, यसमा ५२ अर्ब रुपैयाँ कहाँबाट ल्याउने? उनले प्रश्न जोड्दै भने त्यसका लागि या विदेशी ऋण या अनुदान वा आन्तरिक ऋण लिनुपर्छ, यो सरकार ऋण बोकाएर घ्यु खाने सिद्धान्तबाट प्रभावित भएको अवस्था छ।'सत्तारुढ दलकै नेता देवले सरकारले यो बजेटबाट ६.५ प्रतिशत आर्थिक विकासको लक्ष्य हासिल गर्न नसक्ने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell