PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मनिषाको मृत्यु-रहस्यबारे भोलि सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने



सविन ढकाल

मनिषाको मृत्यु-रहस्यबारे भोलि सम्पूर्ण प्रतिवेदन सार्वजनिक गरिने

 काठमाडौं : फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको रहस्यमय मृत्युबारे अनुसन्धान गरिरहेको प्रहरीले सम्पूर्ण प्रतिवेदन भोलि सार्वजनिक गर्ने भएको छ।
 
मनिषाका प्रेमी रुद्रप्रसाद चौधरी आशिषको आज पाँच घन्टा लगाएर पोलिग्राफ टेस्ट गरेपछि प्रहरीले प्रतिवेदन सार्वजनिकको तयारी गरेको हो। पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको टोली पोलिग्राफ टेस्टमा जुटेको थियो। हिजो टेस्ट लिने भनिए पनि आशिषको टाउको दुखेको कारण सम्भव भएको थिएन। झुटो बोलेको हो कि होइन भनेर पत्ता लगाउने प्रविधि नै पोलिग्राफ टेस्ट हो।

‘पोलिग्राफ टेस्टलगायत सम्पूर्ण प्रतिवेदन पत्रकार सम्मेलनमार्फत भोलि सार्वजनिक गरिनेछ,’ नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले पहिलोपोस्टसँग भने।
 
गएको बिहीबार बिहान मनिषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको शुक्रबार अन्त्येष्टि गरिसकिएको छ। 

प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको आशिषले बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ।

मनिषाको काठमाडौँ शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको बताइए पनि प्रहरीले यसबारे विवरण सार्वजनिक गरिसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell