
काठमाडौं : कृष्ण धाराबासीको चर्चित कथा 'झोला'मा आधारित फिल्ममा अभिनय गरेपछि चर्चामा आएकी गरिमा पन्त फेरि अर्को साहित्यिक किताबमा आधारित फिल्ममा देखिँदै छिन्।
असार १७ गतेबाट प्रदर्शनमा आउन लागेको विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास 'तीन घुम्ती'मा उनी मुख्य पात्रको रुपमा प्रस्तुत हुँदै छिन्। निर्देशक बाबुराम ढकालका अनुसार फिल्ममा तीन घुम्ती उपन्यासको कथाबाहेक पनि मनोरञ्जन दिने थुप्रै पक्ष रहेका छन्।
फिल्मलाई कर्मा प्रोडक्सनले निर्माण गरेको हो। बिपी ट्रष्टका तर्फका सहायक प्रमुख श्रीहर्ष कोइरालाले भन्छन्, 'हामीले बिपीको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौं तर अझै सफल भएका छैनौं। उनको कृतिमाथि फिल्म बन्नु खुसीको कुरा हो।’
फिल्ममा गरिमा पन्तसँगै सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन्।