PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

राजु तामाङलाई एन्फाले दियो नगद २५ लाख



पहिलोपोस्ट

राजु तामाङलाई एन्फाले दियो नगद २५ लाख

काठमाडौँ : यसअघि वर्षको उत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने निर्णय गरेपनि अहिलेसम्म आफ्नो वाचा पूरा गर्न नसकेको अखिल नेपाल फुटबल संघ एन्फाले यो पटक भने वर्ष खेलाडीलाई २५ लाख नगद प्रदान गरेको छ।
 
एन्फाले नेपाली सेनाका राजु तामाङलाई प्लेअर अफ दि इअर को सम्मानस्वरुप २५ लाख प्रदान गरेको हो। मंगलबार हलचोकमा भएको खेलाडी सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजु तामाङलाई २५ लाखको चेक प्रदान गरेका हुन्।
 
तामाङले एक दशकदेखि नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा योगदान गरेका थिए।
 
एन्फाले यसअघि राकेश श्रेष्ठ, सागर थापा, रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो तर अहिलेसम्म यी खेलाडीले एन्फाले दिने भनेको पुरस्कार पाएका छ्रैनन्। 

त्यसअघि एन्फाले उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार प्रदान गरेको थियो । 

कार्यक्रममा एन्फाले बंगबन्धु गोल्डकप र सागमा स्वर्ण पदक जित्ने खेलाडी नगद १०/१० लाख प्रदान गरेको छ। यस्तै बंगबन्धु गोल्ड र साग मध्ये एक प्रतियोगितामा मात्र सहभागी हुने खेलाडीलाई नगद ५/५ लाख प्रदान गरियो भने साग महिला फुटबलमा रजत पदक विजेता नेपाली टोलीका प्रत्येक सदस्यलाई नगद १/१ लाख प्रदान गरियो।

फोटो : राससमार्फत् एन्फा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell