PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भिषण वर्षाले बनेपा जलमग्न, अरनिको राजमार्ग अवरुद्ध, ग्यास उद्योगमा बाढी, २५०० सिलिन्डर बगे



पहिलोपोस्ट

भिषण वर्षाले बनेपा जलमग्न, अरनिको राजमार्ग अवरुद्ध, ग्यास उद्योगमा बाढी, २५०० सिलिन्डर बगे

काठमाडौँ : आज साँझ परेको भीषण वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ। बनेपा–५ मा पानीको बहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले राससलाई बताए।

सडक अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने कुनै सवारी साधन मंगलबार राति यो समाचार तयार पार्दासम्म सञ्चालन भएको छैन। अरनिको राजमार्गको पुलबजार र उग्रचन्डी पेट्रोल पम्प छेउमा जमेको पानीले सयौ यात्रु अलपत्र छन्।

तेज नेपाली परियारका अनुसार वर्षापछि आएको बाढी सूर्य ग्यास र सगर ग्यास उद्योगमा पस्दा लगभग २५०० को हाराहारीमा सिलिन्डर बगाएको छ। बगाएको सिलिन्डर टिप्ने क्रममा एक जना बेपत्ता भएका छन्। बनेपा नयाँ बस्तिको पुलनिर बगेको सिलिन्डर टिप्नेको भिड लागेको थियो। 





















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell