PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

आइसिसी डब्लुसिएल : केन्यालाई पपुवा न्युगिनीले हराएपछि नेपाल छैटौं स्थानमा झर्‍यो



पहिलोपोस्ट

आइसिसी डब्लुसिएल : केन्यालाई पपुवा न्युगिनीले हराएपछि नेपाल छैटौं स्थानमा झर्‍यो

काठमाडौं : आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले केन्यालाई हराएपछि नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ।

घरेलु मैदानमा भएको दुवै खेल जितेपछि पपुवा न्युगिनी तेस्रो स्थानमा उक्लिँदा नेपाल एक स्थान तल झरेको हो। यसअघि नेपाल र पपुवा न्युगिनीको समान ४/४ अंक थियो र रनरेटको आधारमा नेपाल पाँचौ स्थानमा थियो।

गत अप्रिलमा नेपालमै भएको नामिबिया विरुद्धको तेस्रो चरणका दुई खेल जित्दै नेपाल पुछारबाट पाँचौंमा उक्लेको थियो । त्यसअघिका लगातार दुई चरणको खेलमा नेपाल क्रमश: स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो।

पपुवा न्युगिनीसँग हारे पनि केन्या भने पाँचौं स्थानमा झरेको छ। स्कटल्याण्ड पनि एक स्थान तल झर्दै चौथोमा पुगेको छ।
प्रतियोगिताको तेस्रो चरणसम्म अपराजित रहेको नेदरल्याण्ड्स शीर्ष स्थानमा कायमै छ। नेदरल्याण्ड्सको ६ खेलबाट १० अंक भएको छ।
 
यस्तै आइसिसीले चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले चौथो चरणमा नेदरल्याण्ड्ससँग दुवै खेल उसैको मैदानमा खेल्नेछ। नेपाल-नेदरल्याण्ड्स पहिलो खेल आगामी अगस्ट १३ र दोस्रो खेल अगस्ट १५ मा हुँदै छ। दुवै खेल आम्स्टनभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ।

विश्व क्रिकेट लिगको शीर्ष चार स्थानमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन्। जहाँ एकदिवसीय वरियतामा रहेको नवौंदेखि १२ स्थानसम्मको टीम सामेल हुनेछन्। शीर्ष दुई स्थानमा रहने टीमले सन् २०१९ मा इंगल्याण्डमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell