
काठमाडौँ : मंगलबारको भिषण वर्षाका कारण आएको बाढीले बगाएर बनेपामा एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
एसपी राजेश बास्तोलाका अनुसार बनेपा निवासी ५८ वर्षका मानबहादुर थापाको बाढीले बगाएर मृत्यु भएको हो। त्यस्तै जुद्धबहादुर नामका एक व्यक्ति पनि बेपत्ता भएको र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको एसपी बास्तोलाले पहिलोपोस्टलाई बताए।
बाढीको पानी सूर्य, चण्डी र सगर ग्यास उद्योगमा पसेर सयौँ सिलिन्डर बगाएका थिए।
स्थानीय तेज नेपाली परियारका अनुसार लगभग २५०० को हाराहारीमा सिलिन्डर बगाएको थियो। बनेपा नयाँ बस्तिको पुलनिर बगेको सिलिन्डर टिप्नेको भिड लागेको थियो। बगाएको सिलिन्डर टिप्ने क्रममा एक जना बेपत्ता भएको हिजो उनले बताएका थिए।
तर कति ग्यास सिलिन्डर बगायो भन्ने अझै पुष्टि नभएको एसपी बास्तोलाले बताए।
बाढीको कारण बनेपाको पुलबजार, तरकारी बजार आसपासका क्षेत्र बढी प्रभावित बनेका छन्। हिजो अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने सवारी साधन चल्न सकेका थिएनन्। करिब ५ सय मिटर जति सडक बिग्रिए पनि छेउबाट सवारी साधन चलाउँदै राजमार्गमा सवारी आवागमन सुचारु बनाइएको छ।
हिजोको बाढीका केही फोटो र भिडियो-