PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

कुलेश्वरमा देखियो चितुवा, नियन्त्रणपछि चिडियाखाना लगियो



पहिलोपोस्ट

कुलेश्वरमा देखियो चितुवा, नियन्त्रणपछि चिडियाखाना लगियो

काठमाडौैं : काठमाडौंको कुलेश्वरमा बिहान देखा परेको चितुवालाई करिब ५ घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको छ।
 
काठमाडौं महानगरपालिका- १४ स्थित गणेश मन्दिर नजिक क्षेत्रबहादुर श्रेष्ठको घर कम्पाउन्डमा देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहान करिब ७ बजेतिर देखिएको चितुवालाई वन विभाग, सदर चिडियाखाना र प्रहरी टोलीले नियन्त्रणमा लिएको कालिमाटी प्रहरी वृतले जानकारी दिएको छ।

चितुवालाई नियन्त्रणमा लिन वन विभागका कर्मचारीले डार्ट गन प्रहार गरेका थिए। चितुवालाई सदर चिडियाखाना जावलाखेल लगिएको छ।
राजधानीका विभिन्न स्थानमा यसअघि पनि चितुवा भेटिएको थियो। गएको माघमा पनि कीर्तिपुरमा देखा परेको चितुवा नियन्त्रणमा लिइएको थियो।
फोटो सौजन्य : आशिष श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell