काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरले गुण्डागर्दी गर्ने २१ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सातबाटोमा ग्याङ फाइट गर्न लागेको अवस्थामा मंगलबार उनीहरु पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा राम लामा, उमेश श्रेष्ठ, शान्ता शाही, हरिहर थापा, लक्ष्मण लामा, रविन तामाङ, भनी बहादुर तामाङ, अनिल शाही लगायत रहेका छन्।
उनीहरुले महालक्ष्मी नगरपालिका साना गाउँस्थित जग्गा प्लटिङको नाममा गुण्डागर्दी गर्ने गरेको ललितपुर प्रहरीले जनाएको छ।