PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हेर्नुस् रारामा रोयल इन्फिल्डको र्‍याली

हेर्नुस् रारामा रोयल इन्फिल्डको र्‍याली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बुद्धजयन्तीका दिन काठमाडौंबाट लुम्बिनी हुँदै रारा पुगेको बुलेट पिस राइडको टोली काठमाडौं फर्किएको छ।

काठमाडौंबाट १५ वटा रोयल इनफिल्ड बुलेट बाइकमा नेपाली झन्डासहित लुम्बिनी पुगेको टोलीसँगै पोखराबाट ११ वटा बुलेटमा आएका अन्य सहभागी मिसिएका थिए। २६ वटा रोयल इन्फिल्ड बाइकमा रारा प्रस्थान गरेको ३५ जनाको टोली मंगलबार काठमाडौं आइपुगको हो।

रारा पुगेर काठमाडौं-रारासम्म १०४० किलोमिटर दुरी यात्रा गरिएको राइडमा सहभागी सन्तोष कार्कीले बताए। यात्राका क्रममा बाटोमा पहिरो खसेकाले पन्छाउँदै पार गरिएको उनले बताए।

दुई दिन रारा बसेको टोलीले जुम्लाको सिंजा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो। करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको आयोजक नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए। पश्चिमी क्षेत्रको पर्यटन विकासका लागि हरेक वर्ष कार्यक्रम गरिने उनी बताउँछन्।

‘बुद्ध र शान्तिको सन्देशसँगै र कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्यागउन पिस राइड आयोजना गरेका हौं,’ उनले भने, ‘सरकारले रारा पुग्ने सडक सुधारका लागि ध्यान दिने हो भने सहजै रारा यात्रा तय गर्न सकिने रहेछ।’  


ट्रेन्डिङ पोस्ट

Ncell