PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आज म रोइराखेको छु भन्दै विमलले लेखे- देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु



सविन ढकाल

आज म रोइराखेको छु भन्दै विमलले लेखे- देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु

काठमाडौँ : प्रहरीले पोलिग्राफ टेस्टको परीक्षण भन्दै बहिनी मनिषाका प्रेमीले घाँटी थिचेर मारेको नदेखिएको भन्दै आत्महत्याको संकेत गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेकै दिन फुटबलर विमल घर्ती मगरले फेसबुकमा एक भावुक स्टायटस लेख्दै हत्या नै भएको जिकिर गरेका छन्। 

'आज मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम?', उनले लेखेका छन्, 'आज म रोइराखेको छु। भोलि अरु कोही रोइराखेको हुनेछ।'

'मलाई सबको साथ चाहिएको छ भन्दै उनले अठोट गरेका छन्', 'देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु।'

यस्तो छ उनको स्टायटसको नाटकीय अडियो रुपान्तरण
 

सानो छँदा बुबा गुमाएँ। मेरो बुवाले देशको लागि लड्नु हुन्थ्यो। बिस्तारै त्यो पिडा भुल्दै जाँदा आज १० वर्ष पछि फेरि मेरो परिवार अर्को पिडामा परेको छ। तर सरकारले हाम्रो परिवारको लागि केही गरेन। मेरो बुवाले नि देशको लागि कति गर्नुभयो। मैले पनि देशको लागि कति गरेको छु। तर मेरो घरमा यस्तो हुँदा सरकारले हाम्रो लागि केही गरेन भने हामीले चाहीँ देशको लागि गरेर के काम? देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा? आज मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम? आज म रोइराखेको छु। भोलि अरु कोही रोइराखेको हुन्छ। मलाई सबको साथ चाहिएको छ। देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु।

सम्बन्धित समाचार
मनिषाको मृत्युको प्रारम्भिक अनुसन्धान सार्वजनिक, के थियो प्रेमीसँगको सम्बन्ध?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell