PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

​अख्तियारको सञ्चार विज्ञमा अधिकारी



पहिलोपोस्ट

​अख्तियारको सञ्चार विज्ञमा अधिकारी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञमा लेखक तथा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ।

राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा तथा सुशासन लगायत मानवीय अभिरुचीका विषयमा उनले दुई दशकदेखि कलम चलाउँदै आएका छन्। विभिन्न मिडियामा संलग्न रहिसकेका उनी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमासमेत कार्यरत थिए।

भ्रष्टाचारका विषयमा खोजी पत्रकारिता अभिवृद्ध गर्न स्वर्गीय वारवरा एडम्सले स्थापना गरेको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान सञ्चालक समितिमा पनि संलग्न छन्।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अधिकारी दुई दशकदेखि नेपाली पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रका क्रियाशील छन्।

उनले नेपाली समाजका विभिन्न विधामा मुख्य लेखन तथा सह–लेखनमा केही पुस्तकसमेत प्रकाशित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell