PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​पाँचथरमा सरकारी कर्मचारीको चुनाव स्थगित, शनिबार पुनः मतदान



पहिलोपोस्ट

​पाँचथरमा सरकारी कर्मचारीको चुनाव स्थगित, शनिबार पुनः मतदान

काठमाडौः पाँचथर जिल्लाको निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनाव स्थगित भएको छ। निर्वाचन समितिले गरेको मतदान स्थगित भएको हो।

'निर्वाचन स्थगित भएको औपचारिक जानकारी त अझै भएको छैन तर मतपत्रमा नै प्राविधिक त्रुटी भेटिएको अपुष्ट खबर प्राप्त भएको छ' आधिकारिक ट्रेड युनियन केन्द्रीय आयोगका प्रवक्ता सन्तोषकुमार गिरीले भने, 'तर, अब आवश्यक परामर्श गरेर आगामी शनिबार पुन मतदानको मिति तोक्ने तयारी गरेका छौ।'

ट्रेड युनियन निर्वाचन कार्यविधिमा हुलदङ्गा भएमा, नियन्त्रण बाहिरको परिस्थिति निर्माण भएमा मात्र निर्वाचन स्थगित गर्ने व्यवस्था छ। तर आयोगकै त्रुटीका कारण निर्वाचन स्थगित गर्नुपर्ने भएपछि के गर्ने भन्ने विषयमा पाँचथरका निर्वाचन प्रमुखले केन्द्रमा परामर्श लिएका थिए।

केन्द्रबाट तत्काललाई निर्वाचन स्थगित गरेर स्थानीय संचारमाध्यममा सूचना प्रवाह गर्न सुझाव दिँदै त्यसपछि केन्द्रबाटै मतपत्र लगेर आगामी शनिबार पुनः मतदान गराउने व्यवस्था मिलाउन सुझाव दिएको छ। मतपत्र पनि जिल्लास्तरमा स्थानीय तहबाट छाप्ने कार्यविधि छ। तर केन्द्रमा छापिएका मतपत्र खेर जान नदिन र निर्वाचनलाई व्यवस्थित बनाउन केन्द्रबाट नै प्रतिनिधिसहित मतपत्र लिएर जाने व्यवस्था केन्द्रीय निर्वाचन समितिले गर्न लागेको छ।


के थियो प्रविधिक त्रुटी?

केन्द्रीय निर्वाचन समितिका प्रवक्ता गिरीका अनुसार त्यहाँ मतदातालाई दिइने अधकट्टीमा पनि सिरियल नम्बरसहितको मतपत्र छापिएको रहेछ। निर्वाचन समितिका लागि प्रयोग हुने अधकट्टीमा सिरियल नम्बर राखेर मतदातालाई दिइने अधकट्टीमा सिरियल नराख्नुपर्ने थियो। तर दुबैतर्फ एउटै भएपछि ५० प्रतिशत भन्दा बढी मत खसिसकेपछि निर्वाचन स्थगित भएको हो ।

के फरक पार्छ सिरियल नम्बरले?

निर्वाचन भनेको गोप्य हुनुपर्छ। तर मतदाताले नै कतिऔँ मतदाता आफू हुँ भन्ने विषयमा जानकारी पाउँछ त्यसकारणले त्यस्तो निर्वाचनले मान्यता पाउँदैन। त्यही कारण पुनः मतदान गर्नुपर्ने अवस्था आएको हो।

'निर्वाचन स्थगित गर्ने वा नगर्ने वा अर्को मतदान कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार त्यही जिल्लाको प्रमुखलाई हुन्छ' प्रवक्ता गिरीले भने, 'त्यसकारण उहाँले के गर्नुहुन्छ, हामी त्यसैका लागि सहयोग गर्छौ।'

फोटो : ​महेन्द्रनगरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा मतदानका लागि लामबद्ध कर्मचारी। शेरबहादुर सिंह/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell