
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आगामी वर्ष हुने आइसीसी च्याम्पियनस ट्रफीको खेल तालिका सार्वजनिक गरेको छ। कूल ८ राष्ट्रले मात्र खेल्ने प्रतियोगितामा पहिलो पटक वेष्ट इन्डिजको टिम सहभागी हुनेछैन।
आइसीसी वरियताको शीर्ष आठ स्थानमा रहने राष्ट्रले मात्र च्याम्पियन्स ट्रफी खेल्न पाउने व्यवस्था छ। त्यसैले यो पटक वेष्ट इन्डिज छनोट हुन असफल भएको हो।
इंगल्याण्ड र वेल्समा आगामी वर्ष जुन १ बाट सुरु हुने च्याम्पियन्स ट्रफी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा अष्ट्रेलिया, न्युजिल्याण्ड, इंगल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा भारत, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान छन्।
सन् १९९८ मा आइसीसी नकआउट ट्रफीको नामबाट सुरु भएको प्रतियोगिता सन् २००२ देखि च्याम्पियन्स ट्रफीको नामबाट खेलाउन थालिएको थियो। सुरुको पाँच संस्करण दुई वर्षको अन्तरमा भएको थियो। त्यसपछि तीन वर्ष अहिले हरेक चार वर्षको अन्तरमा हुन थालेको छ।
२०१७ मा च्याम्पियनसिपको आठौ संस्करणको प्रतियोगिता हुन लागेको हो। २०१३ को पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो। भारत र अष्ट्रेलिया सर्वाधिक २ पटकको च्याम्पियन हो।
यस्तो छ खेल तालिका
Thurs, 1 June – England v Bangladesh, The Oval (d)
Fri, 2 June – Australia v New Zealand, Edgbaston (d)
Sat, 3 June – Sri Lanka v South Africa, The Oval (d)
Sun, 4 June – India v Pakistan, Edgbaston (d)
Mon, 5 June – Australia v Bangladesh, The Oval (d/n)
Tues, 6 June – England v New Zealand, Cardiff (d)
Wed, 7 June – Pakistan v South Africa, Edgbaston (d/n)
Thurs, 8 June – India v Sri Lanka, The Oval (d)
Fri, 9 June – New Zealand v Bangladesh, Cardiff (d)
Sat, 10 June – England v Australia, Edgbaston (d)
Sun, 11 June – India v South Africa, The Oval (d)
Mon, 12 June – Sri Lanka v Pakistan, Cardiff (d)
Wed, 14 June – First semi-final (A1 v B2), Cardiff (d)
Thurs, 15 June – Second semi-final (A2 v B1), Edgbaston (d)
Sun, 18 June – Final, The Oval (d)
Mon, 19 June – Reserve day (d)