PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

बाबुरामले कार्यकर्तासँग भने- 'संघीयताको प्रमुख बाधक केपी ओली'



पहिलोपोस्ट

बाबुरामले कार्यकर्तासँग भने- 'संघीयताको प्रमुख बाधक केपी ओली'

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले संघीयताको प्रमुख बाधक नै वर्तमान प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन्।

काठमाडौंको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संघीयता वैज्ञानिक नहुनुका पछाडि प्रधानमन्त्री केपी ओलीसहितका केही नेता कारकका रुपमा रहेको दाबी गरे।

'कैलालीको रौं पनि चलाउन दिन्न भन्ने देउवा, सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने भीम रावल, झापा, मोरङ, सुनसरीलाई पहाडबाट छुट्टाउनु हुँदैन भन्ने केपी ओली र कृष्ण सिटौलाका कारण ७ प्रदेश स्वीकार गर्नुपरेको हो,' भट्टराईले भने, 'त्यसलाई नमान्दा संविधान नै नबन्ने खतरा देखेर मैले त्यसलाई स्वीकार गरेको हुँ।'

उनले अहिले पनि नयाँ शक्तिको अडान १० प्रदेश नै रहेको भन्दै त्यसका लागि संविधानको रक्षा गरेर अघि बढ्नुपर्ने बताए। नेताहरुलाई आरोप लगाउनमै बढी समय खर्चिएका भट्टराईले धौलागिरीसहितका अञ्चलमा बसोबास गर्ने मगरहरुको मगरात क्षेत्र पनि त्यहीँका नेताहरुको स्वार्थका कारण टुक्रिएको बताए। 'टोपबहादुर रायमाझी र विष्णु पौडेलका कारण मगरात क्षेत्र एक राख्न सम्भव नभएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell