PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मधेसकेन्द्रित दलद्वारा आज पनि संसद बैठक बहिस्कार



पहिलोपोस्ट

काठमाडौं : मधेसकेन्द्रित दलहरुले आज पनि व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका छन्।
 
संसदको आजको बैठक सुरु हुनासाथ मोर्चामा आबद्ध दलका सांसदले विरोध गरेका थिए। आफ्नो मागप्रति सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै उनीहरुले असन्तुष्टि राखेका थिए।

नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले आन्दोलनमा रहेका दलहरुको मागलाई सरकारले हास्यव्यङ्गको रुपमा लिएको र यस वर्षको बजेट पपुलिस्ट बनाउने काममात्र भएको बताइन्। आन्दोलनरत संघीय गठबन्धनको २६ बुँदे मागप्रति ध्यानाकर्षण गराउँदै उनले बजेट कार्यान्वयन हुन नसक्ने भन्दै शंका व्यक्त गरिन्।

२६ बुँदे मागसहित मोर्चासहितको संघीय गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell