PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कांग्रेस नेता महतले भने- ‘ऋणमाथि ऋण लिएर घ्यु खाने कुरा भइरहेको छ’



पहिलोपोस्ट

कांग्रेस नेता महतले भने- ‘ऋणमाथि ऋण लिएर घ्यु खाने कुरा भइरहेको छ’

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बजेटबाट समग्र जनता खुसी हुन नसकेको बताएका छन्।

व्यवस्थापिका संसद बैठकमा बोल्दै नेता महतले तलब भत्ता बढाउनु नै बजेटको मापदण्ड हो भने बजेटलाई सफल मान्न सकिने भन्दै व्यंग्य गरे।
 
‘सांसदहरु गाउँमा पैसा बाँड्न पाउने भनेर खुसी हौँला। सचिवहरु गाउँमा बजेट पुगेको भनेर खुसी होलान्,’ उनले भने, ‘तर समग्र जनता खुसी छैनन्। एउटा हातले दिएर अर्को हातले फर्काउने बजेट हो यो।’
 
चालु खर्च ६ खर्ब १७ र पुँजीगत खर्च ३ अर्ब छ भने पनि सम्पूर्ण राजश्वले चालु खर्च पुरा नहुने संकेत देखिएको उनको भनाइ छ। ‘आन्तरिक ऋणबाट भत्ता र तलब दिने कुरा गर्नुभएको छ। अनि भन्नुहुन्छ स्वाधीन अर्थतन्त्र,’ उनले प्रश्न गरे, ‘कस्तो स्वाधीन अर्थतन्त्र?’
 
सडक बनाउने र रेल भित्र्याउने कुरा सुन्दा गज्जब लागे पनि विज्ञताको आँखाले हेर्दा दुरगामी रुपमा अर्थतन्त्र धराशायी बन्दै जानेका उनले चिन्ता व्यक्त गरे। ‘ऋणमाथि ऋण लिएर घ्यु खाने कुरा भइरहेको छ,’ उनले भने, ‘कालोबजारी संस्थागत हुँदै जानु लाजमर्दो कुरा हो। समग्रमा यो बजेटले जनता झुक्याउने काम गरेको छ।’

एनसेल प्रसंग उठाउँदै बाँकी कर तिराउन सरकार आँखा चिम्लेर बसेको भन्दै उनले आलोचना गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell