PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

१० स्टार खेलाडी जसलाई तपाईँले युरो कपमा देख्न पाउनु हुन्न



पहिलोपोस्ट

१० स्टार खेलाडी जसलाई तपाईँले युरो कपमा देख्न पाउनु हुन्न

विश्वकप पछिको ठूलो फुटबल प्रतियोगिता युरो कप सुरु हुन अब ७ दिन मात्र बाँकी छ। २४ देशका ५५२ खेलाडी उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्दैछन्। सहभागी सबै राष्ट्रले अन्तिम टोलीको घोषणा गरिसकेका छन् तर केही स्टार खेलाडीहरु भने अन्तिम टोलीमा पर्न असफल रहे।
यी हुन् घरैमा बसेर युरो कप हेर्ने स्टार खेलाडीहरु
 

मारियो बालाटेली, इटली

सन् २०१२ को युरोमा इटलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका मारियो बालाटेली यस पटक इटलीको टीममा पर्न असफल रहे। घरेलु क्लब एसी मिलानबाट खेलेका बालाटेलीको खराब फर्मका कारण टीममा पर्न असफल भएका हुन्। एसि मिलानका लागि २३ खेलमा बालाटेलीले ३ गोल मात्र गरेका थिए। बालाटेलीसँगै भेट्रान आन्द्रे पिर्लो, पेरिस सेन्ट जर्मेनका मार्को भेराट्टी, क्लायडियो मार्चिसियो, रिकार्डो मोन्टेलियो जस्ता खेलाडीहरु इटलीको २३ सदस्यीय टोलीमा अटाएनन्।
 

भिनसेन्ट कोम्पनी, बेल्जियम

बेल्जियम राष्ट्रिय फुटबल टीमका कप्तान हुन् भिनसेन्ट कोम्पनी। इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट खेल्ने कोम्पनी क्लब फुटबलका दौरान घाइते भएपछि बेल्जियमको टीममा पर्न असफल भए। चोटकै कारण उनले २०१५÷१६ को सिजनमा सिटीबाट २२ खेल मात्र खेलेका थिए। उनको अनुपस्थितिमा बेल्जियम टोलीको नेतृत्व एडेन हाजार्ड गर्ने भएका छन्।
 

डेजान लोभरेन, क्रोएसिया

इंग्लिस क्लब लिभरपुलबाट खेल्ने डेजान लोभरेन युरोको लागि क्रोएसियाली टीममा पर्न असफ रहे। लिभरपुलका पहिलो रोजाइँका सेन्ट्रल डिफेन्डर लोभरेनको प्रशिक्षक एन्टे सासिकसँग सम्बन्ध राम्रो छैन। गत मार्चमा भएको एक मैत्रिपूर्ण खेलमा प्रशिक्षकले उनलाई वैकल्पिक खेलाडीको रुपमा राखे पनि मैदान उतारेका थिएनन्।
 

थियो वाल्कोट, इंगल्याण्ड

थियो वाल्कोटले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप हो। वाल्कोटले १६ वर्षको उमरेमै सन\ २००६ को विश्वकप खेल्ने टीममा परेका थिए। तर त्यसपछि भने उनले चोटले गर्दा ठूला प्रतियोगिता खेल्न पाएका छैनन्। निरन्तर चोटकै कारण वाल्कोटको आर्सनलको लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन् र फिटनेसका कारण युरो कपका लागि रोए हड्सनको इंग्लिस टीममा अटाएनन्। यस्तै निरन्तर चोटकै कारण डानी बेलवेक युरोकपको लागि इंगल्याण्डको टीममा परेनन्।

 

करिम बेन्जिमा, फ्रान्स

आयोजक फ्रान्सका मुख्य फरवार्ड हुन् करिब बेन्जिमा। स्पानिस क्लब रियल मड्रिडबाट क्लब फुटबल खेल्ने बेन्जिमाले गत सिजन रियलका लागि ३६ खेलमा २८ गोल गरेका थिए। यो उनको लागि फ्रान्सेली टोलीमा पर्न पर्याप्त थियो तर मैदान बाहिरका खराब व्यवहारका कारण डिड्रिएर डेसच्याम्पसको टोलीमा बेन्जिमा अटाएनन्। गते वर्ष फ्रान्सेली टीमका सहकर्मी माथिउ भल्वुएनामाथि ब्ल्याकमेल गरेको आरोपमा फ्रान्सेली फुटबल संघले उनलाई टीमबाट हटाएको थियो। उनको अनुपस्थितिमा फ्रान्सको अग्रपंक्ति ओलिभर जिरुडले सम्हाल्ने सम्भावना रहेको छ।
यस्तै चोटका कारण राफेल भरान र जेरेमी माथिउ फ्रान्सेली टीमबाट बाहिरिएका छन्।

 

मार्को रिउस, जर्मनी

चोटका कारण सन् २०१४ को विश्वकप गुमाएका मार्को रिउस युरोकपको लागि पनि जर्मनी टीममा पर्न असफल रहे। प्रारम्भिक टोलीमा परे पनि अन्तिम २३ सदस्यीय सूचीमा उनको नाम अटाएन। घरेलु क्लब बोरुसिया डर्टमण्डबाट खेल्ने रिउस यस पटक पनि अभागी सावित भएका छन्। यस्तै डर्टमण्डकै इकाए गुण्डोगन पनि जर्मनी टीममा पर्न असफल रहे। यता बायर्न लेभरकुजनलाई बुण्डेस लिगामा तेस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेका करिम बेलारबी पनि जर्मनीको टीममा अटाएनन्। उनी प्रारम्भिक टोलीमा परे पनि अन्तिम सूचीमा पर्न असफल रहे।
 

डिएगो कोस्टा, स्पेन

एक वर्ष अगाडि चेल्सीलाई इपिएल च्याम्पियन बनाउँदाका स्टार खेलाडी हुन् डिएगो कोस्टा। तर दोस्रो सिजन उनको प्रदर्शनमा एकरुपता रहेन। जसले गर्दा चेल्सी उपाधि जोगाउन असफल भयो।

यस पटक छनोट चरणमा एक गोल मात्र गरेका कोस्टाको खराब फर्म र फिटनेसका कारण प्रशिक्षक भिसेन्ट डेल बोस्कले उनलाई स्पेनी टोलीमा सामेल नगरेका हुन्।
 

इस्को, स्पेन

रियल मड्रिडले ११ पटक च्यम्पियन लिग जित्दाको सदस्य हुन् इस्को। स्पेनको लागि युरोको सबै छनोट खेलेका र रियलका लागि ४३ खेल खेलेका इस्को स्पेनको अन्तिम सूचीमा भने अटाएनन्। एथ्लेटिको मड्रिडका कोक र रियलकै लुकास भजक्वेज छानिँदा इस्को भने टीममा पर्न असफल रहे। कोस्टा र इस्को बाहेक फर्नान्डो टोरेस, हुँवा माटा, जाभी मार्टिनेज, पाउलो अल्कासेर जस्ता खेलाडी स्पेनी टीममा अटाएनन् भने चोटका कारण डानी कार्भाजललले युरोकप गुमाए।

 

युरी झिर्कोभ र एलान जागोभ, रुस

रसियन स्टारद्वय युरी झिर्कोभ र एलान जागोभ युरोकपको लागि रसियन टीममा अटाएनन्।

, यी पनि

युरो कप २०१६ को लागि छनोट नै हुन नसकेपछि नेदरल्याण्डका आर्जेन रोवेन, रोविभा भान पर्सी, क्लास जान हन्टलर, डेनमार्कका क्रिस्टियन एरिक्सन, स्लोभेनियाका गोलरक्षक जोन ओवलक जस्ता खेलाडी युरो २०१६ मा देखिने छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell