PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

यी हुन् १५ सहर जहाँ घरभाडा सबैभन्दा महँगो छ



पहिलोपोस्ट

यी हुन् १५ सहर जहाँ घरभाडा सबैभन्दा महँगो छ

ग्लोबल सिटिज् बिजनेस अलाइन्सले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार बेइजिङ सबैभन्दा भाडा महँगो भएको सहरमा परेको छ। लन्डनमा रहेको मुनाफारहित संस्था विश्वका महत्वपूर्ण व्यवसायी सहरहरुको अनुसन्धान गर्दा यस्तो परिणाम देखिएको हो। सन् २०१५ को आम्दानीलाई आधार मानेर घर भाडा दरको तुलना गरिएको छ अध्ययनमा।
 
चीनको बेइजिङमा भाडमा बस्नेले प्रति महिना औसतमा ७ सय ८७ अमेरिकी डलर बुझाउँछन्। यो रकम औसतमा त्यहाँका नागरिकको १ सय २३ प्रतिशत आम्दानीको रकम हो। दैनिक यात्रा गर्दा १ सय ४ मिनेट खर्च हुनु बेइजिङका लागि सामान्य हो।

अबु धाबी दोस्रो सबैभन्दा महँगो सहर हो भाडामा बस्नेका लागि। यहाँका मानिसले औशतमा २ हजार ४ सय ६० डलर भाडा तिर्छन्। यो उनीहरुको औसत आम्दानीको ६९.५ प्रतिशत हो। तेस्रो स्थानमा पर्छ हङ्कङ जहाँ महिनाको १ हजार ९ सय ३० डलर भाडा तिर्नुपर्छ। यो हङ्कङका मानिसको औसत आम्दानीको ६४ प्रतिशत हो।

'बेइजिङजस्ता ठूला सहर आफ्नै सफलताको सिकार भइरहेको छ,' जिसिबिएका प्रमुख कार्यकारी लिसले प्रेस रिलिजमार्फत् साभिलेले भने, 'तीब्र गतिको वृद्धिदरले कामदारहरुलाई तानेको छ तर अब उनीहरुलाई पर्याप्त घर आवश्यक छ ताकि उनीहरु सहजरुपमा जीवन यापन गरुन्।'

कम भाडा दर भएका व्यवसायिक केन्द्रहरुमा मेक्सिको रहेको छ जहाँ मासिक ३ सय ८५ डलर पर्छ। साओ पाउलो सस्तोमा दोस्रो स्थानमा छ जहाँ मासिक ४ सय ८५ भाडा तिर्नुपर्छ। अध्ययनले सस्ता सहरमा पनि तीब्र गतिमा भाडादर अकाशिएको देखाएको छ। उदाहरणक लागि म्याक्सिको सिटीमा सन् २००९ भन्दा अहिले ४४.२ प्रतिशत भाडा महँगो भएको छ।

'धनी कामदार महँगो भाडा तिर्न सक्षम छन् र तिर्छन् पनि तर क्षमतावान तर करिअर भर्खरै सुरु गर्नेका लागि यो महँगी डरलाग्दो बनेको छ,' साभिलले भनेका छन्। मासिक आम्‍दानीअनुसार महँगीका आधारमा हेर्नुस् १५ व्यवसायिक सहरको सूची:

सहर                            औसत भाडादर

१५. बोस्टन, युएस —          $1,540        आम्दानीको 30%
१४. साओ पाउलो, ब्राजिल — $480           आम्दानीको 30.2%
१३. सिड्नी, अस्ट्रेलिया —     $1,111        आम्दानीको  32.1%
१२. सिंगापुर —                  $1,033        आम्दानीको 33%
११. सिकागो, अमेरिका —     $1,377        आम्दानीको 35.6% 
१०. पेरिस, फ्रान्स —            $880          आम्दानीको 36.2%
९. लन्डन, बेलायत —           $1,430       आम्दानीको 50.4%
८. सान फ्रान्सिस्को, युएस —  $2,824       आम्दानीको 50.5% 
७. दुबई, युएई —                 $1,281       आम्दानीको 55.4% 
६. मेक्सिको सिटी, मेक्सिको— $385         आम्दानीको 58% 
५. सांघाई, चीन —                 $518        आम्दानीको 58.3% 
४. न्युयोर्क सिटी, युएस —       $2,629     आम्दानीको 63.1% 
३. हङ्कङ, चीन —                 $1,930     आम्दानीको 64%
२. अबु धावी, युएई —             $2,460     आम्दानीको 69.5% 
१. बेइजिङ, चीन —                $789       आम्दानीको 122.9%
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell